काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
गत साता भारतबाट उपचार सकेर फर्किनुभएकी चित्रकारलाई भेट्न उहाँहरू आज बिहान डल्लुस्थित निवासमा पुग्नुभएको छ। सो क्रममा उहाँहरुले चित्रकारको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिनुभएको छ।