कांग्रेस महाधिवेशमा देखिने छैनन् देउवा–ओली

Nagarik Sewa 4925+ समाचार ( )
१८ अशोज २०८३, आइतबार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दुई नेता नदेखिने भएका छन् । आइतबारबाट सुरु हुने कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नजाने भएका हुन् । 

कांग्रेसले देउवालाई प्रमुख अतिथिको निम्तो पठाएको थियो । शनिबार राति कोही नभएको घरमा निम्तो छाडिएको भन्दै देउवाका स्वकीय सचिव भानु देउवाले आपत्ति जनाए । 

देउवा महाधिवेशनमा नजाने संस्थापनइतर पक्षको केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए । उनले भने, “देउवा महाधिवेशनमा नजाने निश्चित नै हो । कुनै शंका छैन ।” 

त्यस्तै, कांग्रेसले एमालेका अध्यक्ष ओलीलाई प्रमुख अतिथिको निम्तो पठाएको छ । ओली महाधिवेशनमा सहभागी नहुने एमाले प्रचार विभागले जनाएको छ । एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार