मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

आइपिओ निष्कासन अघि सिद्धार्थ केवलकारको तिनकुनेमा केन्द्रीय कार्यालय उद्घाटन

Nagarik Sewa 4875+ समाचार ( )
२३ असार २०८२, सोमबार

काठमाडौं ।  बुटवलस्थित सिद्धार्थ केबलकार लिमिटेडले काठमाडौंको तिनकुनेमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको छ। प्रभु ग्रुप्सको सहायक कम्पनी प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा सञ्चालित सो कम्पनीले सार्वजनिक शेयर निष्कासन (IPO) को तयारीलाई सहज बनाउने र व्यापार प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको हो।

कम्पनी अन्तर्गत नुवाकोट गढी पर्यटन कम्पनी, ऋषिकालदेवल पर्यटन कम्पनी र हिलसाइड भिलेज रिसोर्ट सहित थप तीनवटा परियोजना सञ्चालनको तयारीमा रहेको जनाइएको छ।

गत भदौ १९ गतेदेखि सञ्चालनमा आएको सिद्धार्थ केबलकारमा हालसम्म २ लाख ७५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गरिसकेका छन्। यात्रुहरूको सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटकको अनुपात झण्डै समान रहेको कम्पनीले जनाएको छ। कम्पनीले निकट भविष्यमा IPO जारी गर्ने तयारी गरिरहेको छ।

यससँगै प्रभु केबलकारले थप दुईवटा केबलकार परियोजना निर्माणको विभिन्न चरणमा अघि बढाएको छ। तीमध्ये चितवनस्थित इच्छाकामना देवी केवलकार परियोजनामा अनुमानित रु. ३५० करोड लगानी हुनेछ भने बाजुरास्थित बढीमालिका केवलकार परियोजनाको अनुमानित लागत रु. ५०० करोड रहनेछ। दुवै परियोजना पर्यटकीय गतिविधिमा केन्द्रित हुने कम्पनीको योजना छ।

नेपालकै पहिलो बौद्ध धर्मावलम्बी लक्षित केवलकारको रूपमा सिद्धार्थ केवलकार परिचित छ। यो केवलकार भगवान गौतम बुद्धका कुलगुरुको आश्रम र पाल्पाको नुवाकोटस्थित प्राचीन भैरवकामना मन्दिरसम्म आवतजावत गराउँछ। प्रति घण्टा ७०० यात्रु बोक्न सक्ने क्षमता भएको यो केवलकारमा भगवान बुद्धका अनुयायीहरूको बाक्लो उपस्थिति देखिन्छ।

कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन प्रभु ग्रुप्सका अध्यक्ष भोजकुमार खड्काले विभिन्न सञ्चालक तथा शेयरधनीहरूको उपस्थितिमा गरेका थिए। सो अवसरमा कम्पनीका सञ्चालक ई. रमेश प्रसाद सापकोटाले वैदिक विधिअनुसार पूजा सम्पन्न गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार