डिजिटल प्रचारमा जोड दिने तयारीमा कांग्रेस

Nagarik Sewa 4919+ समाचार ( )
१६ अशोज २०८३, शुक्रबार

 काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा मात्र उमेदवारहरूले प्रचार गर्न पाउने जनाएकाे छ ।

कांग्रेसले डिजिटल तथा प्रविधिमैत्री प्रचारमा मात्र अनुमति दिने बताएको छ । महाधिवशेनका उमेदवारहरूले सामाजिक सञ्जाल, अनलाइन तथा विद्युतीय माध्यमहरूबाट मात्र प्रचार–प्रसार तथा आफ्नो एजेण्डा सार्वजनिक गर्न पाउने भएका हुन् । 

महाधिवशेनस्थलमा प्रचार सामग्री बोक्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । महाधिवेशन प्रतिनिधिहरूले आ–आफ्ना उमेदवारहरूका प्रचार सामग्री खुल्ला मञ्चमा ल्याउन पाउने छैनन् । उनीहरूले फेसबुक, टिकटक, इन्स्ट्राग्राम, एक्स लगायतका सामाजिक सञ्जालबाट मात्र एजेण्डा सार्वजनिक र प्रचार–प्रसार गर्न पाउने भएका हुन् । 

प्रिन्ट तथा भौतिक प्रचार सामग्री निषेध गरिएको हो । महाधिवेशन क्षेत्रमा फ्लेक्स, व्यानर, पोस्टर, पम्प्लेट वा अन्य सामग्री बोक्न पाइने छैन । निर्वाचन क्षेत्रमा प्रिन्टेड प्रचार सामग्रीहरू राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार