काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनमा सहभागिताका लागि पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक पत्र पठाएका छन् ।
पार्टीका सह-महामन्त्री योगेन्द्र चौधरीमार्फत उनले औपचारिक पत्र पठाएका हुन् । पत्र लिएर चौधरी चुनदेवीस्थित देउवा निवास पुगेका थिए । ''पार्टी सभापतिकोतर्फबाट औपचारिक पत्र पुर्याएर म फर्किएँ । उहाँसँग भेट भने हुन पाएन,'' चौधरीले भने ।
कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आइतबार खुलामञ्चमा हुँदैछ ।