मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला

Nagarik Sewa 4881+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौं। जेनजी आन्दोलनका क्रममा सोमबार दिउँसो विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा मानव कंकाल फेला परेको छ। 

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दिउँसो २ः३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरु भेटिएको हुन्। ‘पूरै शरीर नभएर जलेका हड्डी मात्र भेटिएको हो,’ उनले भने। कंकाल पुरुष वा महिला कसको हो भनेर छुट्याउन नसकिएको उनले बताए। 

भाटभटेनीमा गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी गर्दै तोडफोड र लुटपाट गरेको थियो। आगलागीका बेला चोरीको प्रयासमा गएका व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मार्केटको सरसफाइ गर्ने क्रममा कर्मचारीहरूले कंकालहरू फेला पारेर प्रहरीलाई खबर गरेका हुन्। 

यसअघि धरानस्थित भाटभटेनीमा पनि ४ जनाको शव भेटिएको थियो। जेनजी आन्दोलनको नाममा विराटनगर, धरान, दमक र बिर्तामोडस्थित भाटभटेनीका शाखाहरूमा आगजनी, लुटपाट र तोडफोड भएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार