काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा भएको थियो । त्यसतै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।