तोलामा ४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 3443+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं। तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज घटेको छ। बिहीबारको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार हुँदा हिजो तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो। यसरी हेर्दा चाँदीमा आज पाँच रुपैयाँ बढेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार