मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

ग्वार्को फ्लाइओभर एक साताभित्र सञ्चालनमा ल्याउने तयारी

Nagarik Sewa 4881+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

काठमाडौं। ग्वार्को फ्लाइओभर एक साताभित्र निर्माण सम्पन्न गरी असारको पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले फ्लाइओभरको कोटेश्वरतर्फको सडक कालोपत्रे सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार कोटेश्वर खण्डमा पेन्टिङ र लाइट जडान कार्य भइरहेको छ । सातदोबाटोतर्फ दोस्रो चरणको कालोपत्रे गर्ने कार्य भइरहेको छ । 

‘सातदोबाटोतर्फ कालोपत्र बाँकी छ । पहिलो लेयर ९तह० कालोपत्र सकिसक्यौँ । मंगलबारदेखि लेयरमा कालोपत्रे सुरु गरेका छौँ । पानी परेन भने चार, पाँच दिनमा कालोपत्रेको काम सकिन्छ,’उनले भने, ‘हाम्रो लक्ष्य त जेठभित्रै सक्ने हो । तर पानीले गर्दा केही दिन ढिला हुने देखियो ।’

फ्लाइओभर निर्माणका लागि ४ वर्षअघि १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ १ पैसाको कुल लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । केन्द्रले ईपीसी मोडलमा निर्माणका लागि आशीष–समानान्तर–रेलिगेर जेभीलाई ठेक्का दिइएको थियो । 

३० मिटर स्पानको ४ लेन प्रिकास्ट गर्डर पुल निर्माण गर्नेसहितको एमएसई वाल भएको ५ सय ४० मिटर अप्रोच सडक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो । सोहीअनुसार सडक पुल निर्माण सम्पन्न भइसकेको छ । र्‍याम्प १०।२ मिटरसम्म अग्लो बनाइनुपर्ने, सडकमा १२ सेमी अलकत्रा, १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी सबबेस राख्ने प्रावधान सम्झौतामा उल्लेख छ । साथै उक्त सडकमा ट्राफिक लाइटसमेत जडान गर्नुपर्ने सम्झौता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार