लमहीमा यात्रुबाहक बस दुर्घटना

Nagarik Sewa 4397+ समाचार ( )
२६ मंगशिर २०८२, बिहीबार

काठमाडौं। डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार बिहीबार बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्‍याइएको छ । बसमा ३८ जना यात्री थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै