मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

माटोमा गाडीएको अवस्थामा भेटिए विधालयबाट हराएका ८ वटा ल्यापटप

Nagarik Sewa 4382+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट एक वर्षअघि ११ वटा ल्यापटप हराए। ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराएको थियो।

विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् ०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो। घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गरायो। खोजीका क्रममा त्यतिबेला तीनवटा ल्यापटप मात्र भेटिए। 

हराएका आठवटा ल्यापटप फेला पार्न प्रहरी प्रशासन, विद्यालय प्रशासन र वडालाई एक वर्ष लाग्यो । बुधबार प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा ती ल्यापटप फेलापारेको हो ।

चोरी भएका आठवटा ल्यापटप एक वर्षपछि बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । 

विद्यालयजस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको उनको भनाइ छ । 

उक्त घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालालाई वनेमले आग्रह गरेका छन् । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार