मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन: राजेन्द्र पाण्डे

Nagarik Sewa 4382+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने ठोकुवा गरेका छन्।

शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले बजेटमा समेट्ने सुझाव लिएर बालुवाटार गएको कुरालाई लिएर कुप्रचार भएको समेत दाबी गरे।

‘हामीले बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौँ, त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपालको मिलन हुने भयो भन्दै प्रचार गरे,’ पाण्डेले भने, ‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद् विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन्।’

उनले कसैलाई मिल्न भने भए छोडेर जान सक्ने टिप्पणी समेत गरे। ‘कोही-कोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला,’ पाण्डेले भने, ‘मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ। हामी गलत निर्णयसँग सहमत हुन सक्दैनौँ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार