मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

भ्रष्टाचार मुद्दाका दोषी शशीकिरण श्रेष्ठ १३ वर्षपछि प्रकाउ

Nagarik Sewa 2364+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि शुक्रबार अपराह्न प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव भाटले जानकारी दिए ।

नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख  ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌ गरेको कसुरमा उनी दोषी ठहर भएका थिए । उनलाई दुई छुट्टाछुट्टै  मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको छ ।

विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद  आचार्यसमेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो । सोही फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्द‌मोहन भट्टराईको इजलाशबाट सदर भएको थियो । तर, श्रेष्ठ त्यसयता फरार थिए ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबार अदालतमा पेस गरिने डीएसपी भाटले बताए । अदालत‌मा पेश गरेपछि उनी फैसला कार्यान्वयन‌को लागि कारागार बस्नुपर्नेछ ।

उक्त मुद्दामा दोषी ठहर भएका अन्य व्यक्तिको पनि फैसला कार्यान्वयन बाँकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार