नेकपा एसको सचिवालय बैठक आजबाट सुरु

Nagarik Sewa 4381+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक मंगलबार र बुधबार दुई दिन बस्नेगरी आजबाट सुरु भएको छ। पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बिहान ८ बजेबाट सुरु भएको बैठकमा यसअघि केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे छलफल भइरहेको छ। साथै प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा पनि छलफलका हुने बुझिएको छ ।

बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम, आगामी बजेटमा पार्टीको सुझाव, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

त्यसबाहेक बैठकले समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा पार्टीको भूमिका, समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको आन्दोलनको कार्यक्रम तय गर्ने उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार