मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

भोलीसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

Nagarik Sewa 4881+ समाचार ( )
५ जेठ २०८२, आइतबार

काठमाडौं। प्रतिनिधिसभाको बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखे ।

त्यस्तै बैठकले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित गरेको छ ।  राष्ट्रियसभामा उत्पत्ति भएको विधेयकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो ।

त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई वटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति पठाउने प्रस्ताव गरेका थिए । 

अब यी विधेयकहरू प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन्।  सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार