आज २ जना मन्त्रीले मात्रै शपथ लिने

Nagarik Sewa 4397+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शीतल निवासमा साढे २ बजेपछि शपथ हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन्। उनीहरू दुई जनाको मात्रै आज शपथ हुने स्रोतले जनाएको छ।

डा. सुधा पूर्व स्वास्थ्य सचिव हुन् भने बब्लु १०० ग्रुपु का अध्यक्ष हुन्। प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन्। त्यसअघि उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। श्रेष्ठले भूमि मन्त्री बन्ने कि नबन्ने छलफलमै रहेको बताएका छन्।

साथै खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए। उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएको छ। श्रेष्ठ र सुनारलाई आज मन्त्री नबनाइने स्रोतको भनाइ छ। त्यसैले आज दुई जना मन्त्रीको मात्रै शपथ हुन लागेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार