मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौं गुर्खाज विजयी

Nagarik Sewa 4866+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको छैटौँ खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौं गुर्खाज विजयी भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंले १५० रनको चुनौती १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । 

कर्णालीका लागि सुमित महर्जनले ३७ बलमा अविजित रहँदै ४०, गेर्हार्ड इरास्मसले २८ बलमा ३८ तथा कप्तान करण केसीले १० बलमा २८ रन बनाए । १६ वर्षे बिपिन शर्माले १८ रन खर्चेर १ विकेट लिए । खेलमा टस हारेर पहिले याटिङ गरेको कर्णालीले ५ विकेटको क्षतिमा १४९ रन बनायो । 

कर्णालीका लागि शिखर धवन ‘गब्बर’ ले ५१ बलमा ५ छक्का र ४ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाए । त्यस्तै चाडविक वाल्टनले २१ तथा जीशन मसूदले अविजित रहँदै १४ रन जोडे । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले २ विकेट लिए । 

योसँगै कर्णालीले लगातार दोस्रो खेल हारेको छ । पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै काठमाडौँको यो पहिलो जित हो । यसअघि काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो । आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लाइन्स खेल्दैछन् । लुम्बिनीले पहिलो खेल खेल्दैछ भने विराटनगरको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेल विराटनगरले हारेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार