काठमाडौं। वर्तमान व्यवस्था विरोधी राजावादी समूहले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए। उनले चैत १६ गते तीनकुनेमा प्रदर्शन हुने र चैत १६ गते उपत्यकामा घोडेजात्रा पर्व परेकाले कुनै पनि कार्यक्रम नराखिएको बताए ।
उनले नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’को जिम्मा दुर्गा प्रसाईलाई दिइएको समेत बताए ।