नेपालले जित्यो मलेसियासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज

Nagarik Sewa 4435+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले मलेसियासँगको द्विपक्षीय टी -२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ। बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टिमले सिरिज जितेको हो। ५ खेल सम्मेलित सिरिज नेपालले ३–२ को जित निकालेको हो।  मलेसियाको बायुमास ओभलमा निर्णायक खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। 

मलेसियाले दिएको १०४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।  नेपालको जितमा रुवी पोदारले सर्वाधिक २६ रन बनाइन्। उनले २५ बलमा २ चौका प्रहार गरिन्। ओपनर सम्झना खड्काल् १३, कविता कुवँरले १४, पुजा महतोले २३ रन बनाउँदा रुबीना क्षेत्री १५ र कविता जोशी १ रनमा अविजित रहे। 

मलेसियाका लागि बलिङमा एना हमिजा हसिम, नुर दनिया सुहादा, इशा एलिसा, माहिरा इस्लामी र नुर नुरमिजाले १–१ विकेट लिए।  त्यसअघि, ब्याटिङ गरेको मलेसियाको लागि कप्तान विनिफर दुरासिंगमले सर्वाधिक ४० रन बनाइन्। उनले ४६ बल खेल्दै ५ चौका प्रहार गरेकी थिइन्। ओपनर एना हमिजा हसिमले १५, मास एल्साले १०, माहिरा इस्मेलले १९ र नुर दनिया सुहादाले ११ रन बनाइन्। नेपालको लागि कविता कुँवर र राजमती ऐरीले समान ३–३ विकेट लिए। रचना चौधरीले १ विकेट लिइन्।  

नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार