सरकार विपिन जोशीको परिवारको साथमा छः प्रधानमन्त्री ओली

Nagarik Sewa 4431+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका विपिन जोशीको साथमा सरकार रहेको बताउनुभएको छ। हाल विपिनका आमा पद्मा र बहिनी पुष्पा उनलाई खोज्दै इसराइल नै पुगेका छन्।

यही सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताउनुभएको हो।

‘इसराइलस्थित हाम्रो दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति इसहाक हर्गोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ। यसअघि मध्यपूर्वको शान्तिका लागि पहल  गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ। सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ,’ उहाँले भन्नुभएको छ।

विपिनको  सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत् निरन्तर संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार