मुख्य समाचार
एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश | निरोज तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन | टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित | माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित | कर्खा गायक लालबहादुर गन्धर्वको निधन | राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक | घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या | तोलामा ४ सयले घट्यो सुनको मूल्य | परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशी रिहाइका लागी इरानका विदेशमन्त्रीसँग फोनवार्ता |

बाह्रविसे नगरपालिकाको वडा नम्बर ७ मा बालसञ्जाल र महिला सञ्जाल गठन

Nagarik Sewa 980+ समाचार ( )
१७ पौष २०८१, बुधवार

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती शंकर माध्यमिक विद्यालयमा बालसञ्जाल गठन भएको छ । बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा ७ सदस्यीय बालसञ्जाल गठन गरिएको हो । 

सरस्वती शंकर माध्यमिक विद्यालयकी पूर्णिमा शेर्पाको अध्यक्षतामा नवगठित बालसञ्जाल गठन भएको हो । बालसञ्जालमा उपाध्यक्षतर्फ भने प्रेम थापा, सचिवमा दीपशिखा प्रद्यान, सदस्यहरुमा जेनिश श्रेष्ठ, पवित्रा थापा, प्रविना मगर र स्वेता खड्का रहेका छन् । कार्यसमितिमा पुर्नगठन हुनेगरि हालको कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ ।

बालमैत्री स्थानीय शासनका लागि तय गरिएको निर्देशिकामा बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ । 

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका न्यूनतम सूचकका साथै स्थानीय तहले थप गरेका अतिरिक्त सूचकसमेत हासिल गर्ने, स्थानीय तहमा बालमैत्री शासन कार्यान्वयन गर्ने र बालमैत्री वडा, गाउँपालिका वा नगरपालिका घोषणा गर्ने प्रक्रियामा सहजीकरण गर्ने प्रयोजनका लागि कार्यविधि जारी भएको छ ।

बाह्रविसे नगरपालिका वडा नम्बर ७ मा महिलासञ्जाल गठन भएको छ । बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा १५ सदस्यीय महिलासञ्जाल गठन गरिएको हो । 

१५ सदस्यीय महिला सञ्जालको अध्यक्षमा वितिरानी लामा, उपाध्यक्षमा गणेश कुमारी रिसाल, सचिवमा भावना तामाङ, सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा अप्सरा तामाङ रहेका छन् । त्यस्तै सदस्यतर्फ भने चन्द्रमाई तामाङ, सुख्खा तामाङ, मंगलमाया तामाङ, तीर्थमाया तामाङ, दावामाया तामाङ, एलिजा तामाङ, वर्षा तामाङ, माया तामाङ, संचमाया श्रेष्ठ, जरि शेर्पा र कृष्णमाया श्रेष्ठ रहेका छन् । 

कार्यक्रममा बोल्दै ७ का वडाध्यक्ष ङिमा शेर्पाले बालबालिका र महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै उहाँले वडामा रहेका हरेक किसिमका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेत, नगरपालिकाका विपत् शाखा प्रमुख दुर्गा प्रसाद भण्डारी, प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत र स्रोत व्यक्ति अरुण पौडेल लगायतका विज्ञहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार