राष्ट्र बैंकका अनुसार १० महिनामा विदेश पढ्न गएका विद्यार्थीसँगै बाहिरियो १ खर्ब १२ अर्ब

Nagarik Sewa 4424+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको विवरण अनुसार पढ्न विदेश गएका नेपाली विद्यार्थीसँगै पछिल्लो १० महिनामा मुलुकबाट १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०र८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि विदेश गएका विद्यार्थीसँगै ८ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षका १० महिना अर्थात् ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बाहिरिएको छ । उक्त रकममध्ये एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि भ्रमण व्यय १७।९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षका १० महिनामा विदेश गएका नेपालीसँगै एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार