४.४४ प्रतिशतले बढ्यो नेप्से

Nagarik Sewa 4164+ समाचार ( )
५ अशोज २०८२, आइतबार

काठमाडौं। अघिल्लो कारोबार दिन ६ प्रतिशत घटेर नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार १११ अंकले बढेको छ । ४.४४ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ । अघिल्लो दिन २५११ अंकमा झरेको थियो।

सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो । ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो । निर्जीवन बीमा बाहेकका सेक्टर बढेका छन् । निर्जीवन बीमा ४.०२ प्रतिशत घट्यो । भदौ २४ गते थुप्रै व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा आगजनी भएपछि निर्जीवन बीमा कम्पनीहरुको दायित्व बढेसँगै यो सेक्टरमा नकारात्मक प्रभाव देखिएको हो ।

व्यापार समूह सबैभन्दा धेरै ८.६६ प्रतिशत बढ्यो । बैंकिङ ४.५२, विकास बैंक ६.०७, फाइनान्स ५.५४, होटल तथा पर्यटन २.३३, हाइड्रोपावर ५.८३, लगानी ७.६८, जीवन बीमा ५.६६, उत्पादन तथा प्रशोधन ४.८५, माइक्रोफाइनान्स ३.६९ तथा अन्य १.५३ प्रतिशत बढे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै