माल्टाको समुद्रमा डुबेर एक नेपालीको मृत्यु

Nagarik Sewa 4649+ समाचार ( )
२५ असार २०८२, बुधवार

काठमाडौं। रोजगारीको सिलसिलामा माल्टामा रहेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) रहेका छन् । 

स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए । हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत थिए। 

न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले  सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार