हङकङ सुपर सिक्सेसमा नेपाल अफगानिस्तानसँग पराजित

Nagarik Sewa 4397+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा  भएको खेलमा नेपाल १७ रनले पराजित भएको हो । 

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो । सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे । 

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाएका थिए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए ।नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए । नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै