मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

स्पेन भ्रमणमा प्रधानमन्त्री ओलीसँग गएका केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न माग

Nagarik Sewa 4881+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको बहानामा गएर केही व्यक्ति नफर्किएको भन्ने विषय सदनमा उठाएकी छन्। पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्यक्रममा गएका केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार आइरहेको भन्दै यसबारे समेत छानबिन गर्न माग गरेकी हुन्।

उनले भनिन्, ‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्। यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भीर विषय हो ।’

गौतमले भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि सरकार गम्भीर नभएको भन्दै संसद् बहिस्कार गर्ने बताइन् । उनले सरकारले स्वार्थ बाझिने र अनुपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको आरोप लगाउँदै आपत्ति समेत जनाइन् । उनले फरक प्रसङ्गमा बोल्दै बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार