बुढानिलकण्ठ नगरपालिकाले आगामी शनिबार ल्होसार मनाउने:मेलामा सहभागी हुन आवह्वान

Nagarik Sewa 4191+ समाचार ( )
२३ माघ २०८१, बुधवार


काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले आगामी शनिबार भब्य रुपमा ल्होसार मनाउने भएको छ । नगरपालिकाले तमु, सोनाम र ग्याल्पो ल्होसारको अवशर पारेर ज्येष्ठ नागरिक पार्क गोल्फुटारमा बिहान १० बजनेदेखि साँझ पाँच बजेसम्म ल्होसार मनाउने भएको हो ।

कार्यक्रममा सबै जातजाति र समुदायका प्रतिनिधिहरुको परम्परागत एवं सांस्कृतिक वेशभूषामा, सांस्कृति प्रस्तुति, झाँकी र विभिन्न स्टलहरु प्रदर्शनीमा राखिने नगरपालिकाले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथीमा सञ्चारमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरुङ रहने भएका छन् । सबै समुदायको साम्प्रदायिक भावना समेट्न र हार्दिकता साटासाट गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको हो । 

 ल्होसार नेपालमा लामा, भोटे, हयोल्मो, तामाङ र गुरुङ आदीले मनाउदछन । ल्होसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नया साललाई स्वागत गर्नेसँग गासिएको छ । नेपालमा हालसम्म तोलो लोसार, सोनाम लोसार र ग्याल्बो लोसार गरी तीन प्रकारको लोसार मनाईने गरेको पाइन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै