संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँ : उपप्रमुख डंगोल
संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँ : उपप्रमुख डंगोल

Nagarik Sewa 4213+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छिन् ।आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपप्रमुख डंगोलले देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताइन् । उनले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरूको

उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । उनले देशभरका विभिन्न जातजातिका पर्वहरूलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताइन् । 

उपप्रमुख डंगोलले सांस्कृतिक महत्त्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको बताइन् ।

उनले भनिन्, ‘हामीले देशलाई आर्थिक रूपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना एकजुट भएर लाग्नुपर्छ ।

ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण भूमिका छ ।’ 

उपप्रमुख डंगोलले नेपालका संस्कृतिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै