मुख्य समाचार
एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश | निरोज तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन | टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित | माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित | कर्खा गायक लालबहादुर गन्धर्वको निधन | राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक | घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या | तोलामा ४ सयले घट्यो सुनको मूल्य | परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशी रिहाइका लागी इरानका विदेशमन्त्रीसँग फोनवार्ता |

आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा स्कटल्यान्डविरूद्ध करण र भीमले नखेल्ने

Nagarik Sewa 980+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

काठमाडौं । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग(२ मा स्कटल्यान्डविरूद्ध करण केसी र भीम सार्कीले नखेल्ने भएका छन्। 

नेपाल क्रिकेट संघ क्यानका अनुसार केसी र सार्की घाइते भएकाले नखेल्ने भएका हुन्। अमेरिकाको डालासमा नेपाली समयअनुसार आज राति सवा १० बजे स्कटल्यान्डविरूद्ध खेल्दैछ।

केसी र सार्कीको सट्टामा देव खनाल र सागर ढकालले खेल्ने भएका हुन्। यसअघि आइतबार बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउनेक्रममा एक बल बाँकी हुँदा नेपालले २४४ रन बनाएको थियो।

त्यसअघि गत बुधबार स्कटल्यान्डविरूद्ध भएको खेललमा नेपालले ५ विकेटले जित हात पारेको थियो। लिग- २ मा नेपालले लगातार सात खेल हार व्यहोरेपछि जीत निकालेको हो। अमेरिकाविरूद्ध भएको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। नेपाल लिग-२को सातौ स्थानमा छ। अन्तिममा युएई छ भने पहिलो स्थानमा अमेरिका छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार