इजरायलको आक्रमणमा २ महिनामा २ सय भन्दा धेरै बालबालिकाको मृत्यु

Nagarik Sewa 4202+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

काठमाडौं। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा २ महिनाभन्दा कम समयमा २ सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ । त्यहाँ बालबालिकाको अवस्था चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले आक्रमण तत्काल रोक्नुपर्नेमा जोड दिएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको ज्यान जाने गरेको छ भने एक हजार जनाभन्दा धेरै बालबालिका घाइते हुने गरेका छन् ।

राष्ट्रसङ्घले घरबारविहीन भएका लाखौँ बालबालिका आधारभुत पूर्वाधार तथा स्वास्थ्य उपचारको सुविधाबाट वञ्चित भएका समेत जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै