यूएईको श्रम तथा भिजिट भिसा खुला

Nagarik Sewa 4281+ समाचार ( )
११ मंगशिर २०८२, बुधवार

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ। अब यूएई जान प्रहरी रिपोर्ट भने अनिवार्य चाहिने भएको छ । 

यससँगै रोजगारी तथा भ्रमणका लागि यूएई जान चाहनेहरुले भिसा पाउन थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले जानकारी दिए । ‘केहीले आज भिसा पनि प्राप्त गरेका छन्,’ उनले भने ।  

त्यसो त यूएईले नेपालीलाई भिसा रोकेको कुरा हालसम्म औपचारिक रुपमा केही बताएको थिएन । भिसा खुलाएको कुरा पनि औपचारिक रुपमा नेपाललाई जानकारी गराइएको छैन । भदौ २४ गते जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको विषयलाई कारण देखाउँदै यूएईले भिसामा रोक लगाएको थियो । जेलबाट भागेकाहरुको अवस्थाबारे यूएई विश्वस्त हुन चाहेको थियो । भिसा रोकिएपछि परराष्ट्र मन्त्रालयले यूएई सरकारसँग निरन्तर संवाद गरेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसाय संघले पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार