मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

पार्टी पुनर्गठनमा ढिलाइ नगर्न २८ युवा नेताको आह्वान

Nagarik Sewa 4881+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

काठमाडौं । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध २८ युवाले दलहरूको पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूलाई घच्घच्याएका छन् । एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहितका युवाले दलहरूलाई पुनर्गठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो/तेस्रो तहका नेताहरूलाई आग्रह गरेका हुन् । 

उनीहरूले जेनजी आन्दोलनको सन्देशअनुसार अघि बढ्न संयुक्त आह्वान गरेका हुन् । “दलहरूमा अलमल, पुरानै नेताहरूको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरूको बोलबाला, बाहिरी शक्तिहरूको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य सर्त हो,” आह्वानमा भनिएको छ । 

नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य नेताहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुन नसक्ने निष्कर्ष युवाहरूको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै