आफ्नै घर कम्पाउण्‍डमा सुन लुकाएर चोरी भएको भन्दै निवेदन दिएको आरोपमा दुई जना पक्राउ

Nagarik Sewa 4387+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौं। स्याङ्जाको आँधिखोला गाउँपालिका १ मा आफ्नै घर कम्पाउण्‍डमा सुन लुकाएर प्रहरी कार्यालयमा चोरी भएको भन्दै झुट्टा निवेदन दिएको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन्। डिएसपी प्रसन्नराज चौधरीका अनुसार ४१ वर्षीय चन्द्रकुमारी गुरूङ र उनका देवर ३८ वर्षीय धनराज गुरूङ पक्राउ परेका छन्। 

उनीहरूले साउन १२ गते बेलुकी घरबाट ७.५ तोला बराबरको सुन र ४ हजार रुपैयाँ नगद चोरी भएको भनेर निवेदन दिएका थिए। उक्त निवेदनपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। चन्द्रकुमारीले विदेशमा रहेका श्रीमानलाई पनि सुन चोरी भएको जानकारी गराएकी थिइन्। प्रहरीले अनुसन्धान गर्दा चन्द्रकुमारीले देवर धनराजसँग मिलेर लुकाएको आशंका गरेको थियोपछि घर कम्पाउण्डमै सुन फेला परेको हो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै