केपी ओलीको आलोचना गरे कार्यकर्तालाई कारबाही हुने

Nagarik Sewa 4934+ समाचार ( )
२० अशोज २०८३, मङ्गलबार

काठमाडौं । नेकपा एमालेले नेतृत्वको आलोचना गरेमा कार्यकर्तालाई अब सिधै कारबाही गर्ने भएको छ । अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले नेतृत्वको सार्वजनिक आलोचना गर्न निषेध गरेको हो । यसअघिका आलोचनामा छुट भए पनि अब सिधै कारबाही हुने एमालेले उल्लेख गरेको छ । कारबाहीको जिम्मेवारी संगठन विभाग र अनुशासन आयोगलाई दिइएको छ । 

अपानिमार्फत युवा पुस्तान्तरण र पार्टी जागरणमा केन्द्रित हुन एमालेले निर्देशन दिएको छ । यस्तै, सरकारको कार्यशैलीप्रति पनि एमालेले आपत्ति जनाएको छ ।

जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर सडक र संसद् दुवै मोर्चामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने एमालेले जनाएको छ । यसका लागि सबै देशभक्त नागरिक र दलहरूलाई सहकार्यको आह्वान एमालेले गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार