काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक
महिने थाङ्का लेखन तालिम सुरु भएको छ ।
शनिवार ककनीमा आर्थिक
वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि सुरु भएको हो ।
नेपालमा थाङ्का
चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप
प्रोत्साहन दिनका लागि थाङ्का लेखन तालिम सुरु गरिएको हो। तालिममा थाङ्का चित्रकलामा चासो राख्ने नयाँ तथा पुराना कलाकारलाई
प्राचीन कलाको ज्ञान र सीप प्रदान गरिने
आयोजक संस्थाले जनाइएको छ ।
प्रशिक्षक छेवाङ ग्याल्चन
लामाले सहभागीहरूलाई थाङ्का चित्रकलाका मौलिक शैली, रङ्ग
संयोजन, प्रतीकात्मक महत्त्व, र चित्रांकन
प्रक्रियाका विविध चरणहरूबारे व्यावहारिक ज्ञान
प्रदान गरिने बताए ।
यस्तै समितिका
अध्यक्ष अध्यक्ष फुपू छेम्बे शेर्पा
(खेन्पो गेशे थुप्तेन जिग्डोल) ले तालिम
अवधिभर प्रशिक्षार्थीहरुले चासोकासाथ सिक्नेछ भन्ने विश्वास लिइएको बताए । ‘ज्ञान
र सीप सिक्न अल्छी, बहाना बनाएर सिक्न सकिँदैन’, उनले भने, ‘सिक्नका लागि जहिले
पनि चासोकासाथ सिक्यो भने चाँडै सिक्ने र जान्नेछ ।’
अध्यक्ष शेर्पाले यो
अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक
उपार्जनसँगै व्यावसायिकतामा अग्रसर हुन सकिने बताए ।
यसअघिका वर्षहरूमा
सञ्चालित तालिमहरू सफल र सीप आर्जनमा टेवा पुर्याउन
सहयोग पुगेकोले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको अध्यक्ष शेर्पाको भनाइ थियो ।
कला संरक्षणको प्रयास
थाङ्का नेपाली कला र
संस्कृति मात्र नभएर बौद्ध धर्मको
महत्त्वपूर्ण पाटो पनि हो। यसको संरक्षणले सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास तालिम आयोजकहरूको छ। ‘यो तालिमले विशेष गरी नयाँ पुस्तालाई थाङ्काको मूल मर्म बुझ्न र यसलाई निरन्तरता दिन प्रेरित गर्नेछ,’ तालिम संयोजक लामाले बताए ।
सहभागीहरूका लागि अवसर
तालिममा सहभागी हुन
इच्छुक व्यक्तिहरूले कलामा रुचि भएको हुनुपर्छ।
यो तालिम थाङ्का
कलामा चासो राख्नेहरूका लागि सुनौलो अवसर मानिएको
छ। यसले नेपालमा थाङ्का चित्रकलाको संरक्षण र
प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
तालिममा इलाम, काभ्रेपलान्चोक, नुवाकोट, गोरखा, बारा, झापा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूबाट
करिब डेढ दर्जनभन्दा बढीको सहभागी भएका छन्
।
कार्यक्रममा तालिमका
संयोजक रामबाबु सापकोटा, सहप्रशिक्षक सोनाम
साङ्मो, समितिका म्हारसाङ
तामाङ लगायतको उपस्थिति रहेको थियो ।