दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज

Nagarik Sewa 4934+ समाचार ( )
२० अशोज २०८३, मङ्गलबार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज हुने फैसला गरेको छ ।  सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार (असोज २०) वन्दीप्रत्यक्षकरण रिट खारेज गरिदिएको हो । दुर्गा प्रसाईको हकमा उनकी श्रीमती उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी काठमाडौंसमेतलाई विपक्षी बनाएर असोज १३ गते रिट दिएकी हुन् । 

दुईतर्फी सुनुवाईपछि बन्दीप्रत्यक्षीकरण रिट खारेज हुने फैसला भएको हो । रिट खारेज हुनुको आधार र कारणसहितको लिखित आदेश आउन भने बाँकी छ । यता, आजै जिल्ला अदालत काठमाडौंले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईलाई दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार