शिक्षकहरुको आन्दोलन आज २० औँ दिनपनि निरन्तर

Nagarik Sewa 4191+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आज २० औँ दिनपनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा सोमबार पनि काठमाडौंमा विहान ९ बजेदेखि नै प्रदर्शन सुरु भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु भएको जानकारी दिएका छन् ।

उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैं अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन्। शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् । पर्याप्त पूर्व सूचना अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । माइतीघर–नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ ।

वैकल्पिक रुटका रूपमा नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थानको रुट तय गरिएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ । उक्त सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ । दिउँसो राप्रपाले प्रदर्शन गर्ने सूचना पाएपछि अकस्मात् आज पनि आन्दोलनको कार्यक्रम बिहानै गर्नुपरेको शिक्षक नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार