मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

अध्यक्ष ओलीले महिलालाई सधैँ अपमान गर्नुहुन्छः उपाध्यक्ष शाक्य

Nagarik Sewa 4866+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। एमालेको ११औँ महाधिवेशनको सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले महिलालाई सधैँ अपमान गर्ने गरेको आरोप लगाउनुभएको छ। शाक्यले एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर अपमान गरेको दाबी गर्दै गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेका व्यक्तिले पूर्वराष्ट्रपतिप्रति पटक–पटक अपमानजनक शब्द प्रयोग गर्नु अस्वीकार्य हुने बताउनुभयो।

कुनै पनि नेतृत्वले महिलाको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउनेजस्तो व्यवहार देखिएको भन्दै उहाँले व्यङ्ग्यसमेत गर्नुभयो। ओलीमा महिलाप्रति सकारात्मक सोच र दृष्टिकोण नै नभएको आरोप लगाउँदै उहाँले महिलाको अपमान गर्ने प्रवृत्तिको विरोधमा सशक्त आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

शाक्यले भन्नुभयो , ‘एउटा पूर्वराष्ट्रपति, देशको संरक्षक, संविधानको संरक्षक— उहाँलाई धामीझाँक्री भन्न मिल्छ ? सामान्य महिलालाई पनि त्यस्तो अपमान गर्न मिल्दैन, पूर्वराष्ट्रपतिलाई त झन् हुँदैन। तर यो नेतृत्वलाई भने सुहाउँछ। किनभने उहाँमा सोच छैन, महिलाप्रति हेर्ने दृष्टिकोण छैन।’ महिला हिंसा विरुद्धको १६ दिने अभियान भइरहेको बेला यस्तो टिप्पणी गर्नु सबै महिलाको अपमान भएको उहाँले बताउनुभयो र यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गर्दै ओलीकै नेतृत्वमा अघि बढे एमाले र देश दुवै कमजोर हुने चेतावनी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार