रवि लामिछानेलाई ४ दिन हिरासतमा राख्न अनुमति

Nagarik Sewa 4395+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

काठमाडौं। कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई आठौँपटक थप ४ दिन हिरासतमा राख्न अनुमति पाएको छ। 

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका उनीमाथि विगत दुई महिनादेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। मङ्गलबार म्याद थपका लागि लगिएकोमा कास्की जिल्ला अदालतले थप ४ दिन राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।  

पूर्व गृहमन्त्री समेत रहेका लामिछाने कार्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए। सोमबार प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन पाएको सरकारी वकिललको कार्यालयले पुस ५ मा अदालतमा रविविरुद्ध अभियोजन गर्दै छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार