चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्छः सभापति देउवा

Nagarik Sewa 4397+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। मंगलबार केही पत्रकारहरूसँग भेटघाटमा देउवाले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत बताउनुभयो।

देउवाले आफू भने १५ औं महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताउनुभयो। ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’ देउवाले १५औं महाधिवेशनमा विधानत आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरुलाई प्रोत्साहन मात्र गर्ने बताउनुभयो।

विशेष महाधिवेशन भने नहुने उहाँले बताउनुभयो। ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार