मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

२२ सयको सहभागितामा एकैदिन भब्य मेकअप कार्यशाला सम्पन्न गर्ने तयारी

Nagarik Sewa 4382+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

काठमाडौं । युथ इको नेपालले एकै दिन २२ सय सहभागीलाई मेकअप सीप सिकाउने उद्देश्यसहित भोलि (मंगलबार) भक्तपुरको थिमिमा भव्य कार्यशाला आयोजना गर्दैछ। यसमार्फत संस्थाले एसिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराउने तयारी गरेको छ।

कार्यक्रम बिहान १० बजेबाट सुरु हुने र दिनभर चल्नेछ। कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीप—जस्तै फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्ट लगायतका सीप सिकाइने युथ इको नेपालका सचिव सुजन अधिकारीले जानकारी दिए। उनका अनुसार, यो कार्यक्रमले हजारौं युवालाई सीपसँग जोड्नेछ र भविष्यमा रोजगारीका अवसर सिर्जना गर्ने आधार बनाउनेछ।

युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलका अनुसार, हरेक शनिबार मेकअप सीप सिकाउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस पटकको कार्यक्रमका लागि ३२ हजारभन्दा बढी व्यक्तिले आवेदन दिएको भए पनि छनोट गरेर २२ हजारलाई मात्र सहभागी गराइने तयारी भएकाे हाे । कार्यक्रम सञ्चालनका लागि ३० वटा मेकअप स्टुडियो तयारी अवस्थामा राखिएको छ भने करिब १०० दक्ष प्रशिक्षकले प्रशिक्षण दिनेछन्।

यस कार्यशालालाई उत्साह दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न दलका नेता, कलाकार र सामाजिक अभियन्ताहरूको पनि उपस्थिति रहने आयोजकले जनाएको छ। एसिया बुक अफ रेकर्डमा दर्ता गर्न आवश्यक सबै प्रक्रिया पूरा भएको र यसअघि नेपालमा यति ठूलो संख्यामा मेकअप सीप प्रशिक्षण नभएको आयोजकको दाबी छ। कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति, अनुभव साझा र अन्य अन्तरक्रियात्मक गतिविधिहरू पनि समावेश गरिने जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार