काठमाडौं। सोमबार सेयर बजार दोहोरो अंक १८ ले घटेको छ । १२ः५१ मा ३०१३ विन्दुमा पुगेको नेप्से ३ बजेसम्म आइपुग्दा १८ अंकले घटेर परिसुचक २९६४ मा झरेको छ ।
गत आर्थिक वर्ष साउन ३० गते नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो । त्यसदिन २९ अर्ब ९५ करोड रुपैयाँसहित कारोबारमा रेकर्ड कायम भएको थियो ।
यसदिन ५ करोड ८६ लाख कित्ता सेयर किनबेच हुदा २६ अर्ब ५७ करोडको कारोबार भयो । कारोबारमा आएका ६३ कम्पनीको सेयर बढेको छ भने १८६ कम्पनीको घटेको छ ।
कारोबार रकमका आधारमा यसदिन शिभम्र सिमेन्ट एक्लैले १ अर्बको कारोबार गर्यो भने ङादी ग्रुपले ८८ करोड, नेपाल रि इन्सुरेन्स कम्पनीले ८५ करोड, कालीका पावर कम्पनीले ८४ करोड, ग्रिन भेन्चर्सले ७६ करोड, सानिमा माइ हाइड्रो र लुम्विनी बिकास बैंकले ७५ करोड, हिमालय सि इन्सोरेन्सले ७० करोडको कारोबार गरे । यसदिन समता घरेलु लघुबित्त, ट्रेड टावर र शान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
आज विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ तथा व्यापार १.४४ माइक्रोफाइनान्स ० प्रतिशत बढे । फाइनान्स सबैभन्दा धेरै १.९९ प्रतिशत घट्यो । बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ तथा अन्य ०.८६ प्रतिशत घटे ।