मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

नेपाल बैंक र लेट मि इनबीच सौन्दर्य सेवामा ग्राहकलाई विशेष छुट सम्झौता

Nagarik Sewa 2364+ समाचार ( )
१८ आश्विन २०८२, बुधवार

काठमाडौँ। नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रा.लि.’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले लेट मि इन प्रा.लि. मार्फत प्रदान गरिने विभिन्न सौन्दर्य सेवाहरूमा आकर्षक छुट पाउने भएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रा.लि.’ ले कोरियन प्रविधिमा आधारित अत्याधुनिक एस्थेटिक्स सेवा प्रदान गर्दै आएको छ । अबदेखि बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले उक्त क्लिनिकमा उपचार गराउँदा ८ देखि १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र ‘लेट मि इन प्रा.लि.’का प्रबन्ध निर्देशक श्री डोङ्ग सु माबीच सम्झौतामा हस्ताक्षर भएको हो ।यस सहकार्यबाट ग्राहक तथा कर्मचारी सन्तुष्टिमा वृद्धि हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् । विशेषगरी स्वास्थ्य र सौन्दर्यप्रति बढ्दो सचेतनाका बीच यस प्रकारको सहकार्यले निजी तथा पेशागत जीवनमा आत्मविश्वास र आत्मसन्तुष्टि जगाउने अपेक्षा गरिएको छ ।

नेपाल बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरुले अब लेट मि इन प्रा.लि.बाट अनुहार तथा छालाको उपचार, बोटोक्स, फिलर, लेजर उपचार, स्किन ह्वाइटनिङ, हाइड्राफेसियल, एंटी-एजिङ आदि सेवाहरू छुटसहित प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना कर्मचारी र ग्राहकहरूको हितका लागि समयानुकूल विभिन्न सेवा साझेदारी विस्तार गरिरहेको सन्दर्भमा, यो सम्झौतालाई एक सकारात्मक कदमको रूपमा समेत हेरिएको छ ।

लेट मि इन प्रा.लि.ले स्वास्थ्य र सौन्दर्य सेवामा अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य राखेको बताएको छ । यो सम्झौताबाट बैंक कर्मचारी र बैंकका ग्राहकहरूले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ । सौन्दर्यमा सजग र सचेत समाज निर्माणका लागि यस प्रकारका सहकार्यहरू समयानुकूल र प्रेरणादायक बन्ने बैंकको विश्वास रहेको छ ।

बैंक र लेट मि इन प्रा.लि.बीचको यो सहकार्यले सौन्दर्य उपचार क्षेत्रको व्यावसायिकता र सेवाको दायरा विस्तार गर्ने मात्र नभई ग्राहकप्रति उत्तरदायित्व निर्वाह गर्ने उदाहरणीय कदमका रूपमा पनि स्थापित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार