वर्तमान सरकारको निर्वाचन गराउने अधिकार छैनः एमाले अध्यक्ष ओली

Nagarik Sewa 4397+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको छ। आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको हो ।  

उहाँले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले देशको सबैभन्दा ठुलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो। यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभयो । अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ? उहाँको प्रश्न छ । 

उहाँले भन्नुभयो हामी सबैले सबैका लागि विघटित प्रतिनिधिसभाको तत्काल पुनःस्थापनाको माग जोडदार ढङ्गले अघि बढाउनुपर्छ र मिडियाहरू देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनुपर्छ । अध्यक्ष ओलीले सबैले तत्काल विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार