सुनसरी–१ बाट हर्क साम्पाङ प्रतिनिधिसभाको चुनाव लड्ने

Nagarik Sewa 4889+ समाचार ( )
२३ पौष २०८२, बुधवार

काठमाडौं। धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् ।

२०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन्। पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी–१ बाटै चुनाव लड्ने बताएका छन्। यो क्षेत्रमा धरान उपमहानगर सहित बाराह क्षेत्रका केही र रामधुनीका एउटा वडा पर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार