मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

भाद्र २३ र २४ गते फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन

Nagarik Sewa 4881+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

काठमाडौं।भाद्र २३ र २४ गते ( जेनजी आन्दोलनका क्रममा) भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएसँगै प्रहरी प्रधान कार्यालयले सो बेला फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन दिएको छ । प्रधान कार्यालयले कार्तिक १६ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमा हालका लागि सम्बन्धित इन्चार्जहरुलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनिएको छ ।

पत्रमा उल्लेख गरिएको छ, 'जाँचबुझ आयोग, २०८२ का सचिवालय सिंहदरबारको च.नं. १०७ मिति २०८२-०७-१६ गतेको पत्र आवश्यक कार्यार्थ संलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको छ । सो सम्बन्धमा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।'

आयोगले हाल जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएका झडप, प्रहरीद्वारा प्रयोग गरिएको बल र त्यसबाट भएका क्षति सम्बन्धी घटनाको प्रत्यक्ष प्रमाण संकलन, साक्षात्कार तथा आवश्यक विवरण लिन थालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै