नेकपा एमालेको राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित

Nagarik Sewa 4376+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित भएको छ। एमालेको केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ । 

उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिनुभयो । सो प्रतिवेदनमाथि आवश्यक छलफल गरेर प्रतिवेदन पारित गरेको उहाँको भनाइ छ । सचिवालयले पास गरेको प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको ज्ञवालीले बताउनुभयो । 

राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयको गम्भीर विवेचना गरिएको छ । यस्तै एमाले र कांग्रेसका बिचमा किन नयाँ सहकार्य गर्नुपर्‍यो भन्नेबारे पनि प्रतिवेदनमा विश्लेषण गरिएको ज्ञवालीको भनाइ छ । 

यसबाहेक सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदनमा गरिएको छ भने सरकारले आगामी दिनमा गर्नुपर्ने कामका विषय समेत औँल्याइएको छ । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि प्रतिवेदनमा उल्लेख गरिएको ज्ञवालीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार