गोकर्णेश्वरका दुई बिद्यालय त्रिकोण र बिद्यामठले संयुक्त रुपमा मनाए अभिभावक दिवस

Nagarik Sewa 4338+ समाचार ( )
१६ माघ २०८१, बुधवार

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका दुई बिद्यालय त्रिकोण पब्लिक मा.बि  र बिद्यामठ स्कुलले आज एक कार्यक्रमबिच अभिभावक भेला सम्पन्न गरेका छन् । गोकर्णश्वर नगरपालिका वडा नं ५ मा रहेको त्रिकोण पब्लिक स्कुल  र गोकर्णेश्वर नगरपालिकाका वडा नं ६ मा रहेको बिद्यामठ स्कुलले आज संयुक्त रुपमा अभिभावक भेला सम्पन्न गरेका हुन्।

गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित छिमेकी पार्टी प्यालेसमा आज आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल,वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायण सुवेदी तथा वडा नं ६ का अध्यक्ष नवराज लामाको  उपस्थिती थियो।सो कार्यक्रममा गोकर्णेश्वर नगर प्याव्सनका निर्वाचित पदाधिकारी तथा यस क्षेत्रबाट शैक्षिक तथा अन्य सामाजिक क्षेत्रमा प्रतिनिधित्व गर्ने बिशिस्ट व्यतित्वहरुको उपस्थिति थियो।

सो कार्यक्रमको अध्यक्षता बिद्यालयका संस्थापक हरी कुमार ठकुरीले गर्नुभएको थियो।साथै बिद्यालयका प्रधानाध्यापक जित बहादुर बस्नेतले कार्यक्रमकोऔचित्य बारे प्रस्ट पार्नुभएको थियो।साथै उक्त कार्यक्रममा उक्त बिद्यालयले सामाजिक तहा साहित्यिक क्षेत्रमा बिशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो।

सो अवसरमा साहित्यकार, समालोचक तथा आख्यानकार बिजय चालिसे एवम् नेपाली चलचित्र क्षेत्रका निर्देशक बद्री अधिकारी लगायतलाई सम्मान गरिएको थियो।सो अवसरमा बिद्यालयले विभिन्न समयमा आयोजना गरेका खेलकुद कार्यक्रममा बिजयी बिद्यार्थीलाई शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।सो कार्यक्रममा करिव ६०० जना बिद्यार्थी तथा अभिभावकको उपस्थिति थियो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै गोकर्णेश्वर नगर प्रमुख दिपक चालिसेले त्रिकोण पब्लिक स्कुलले यस नगरको शैक्षिक बिकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको थियो।साथै उक्त कार्यक्रममा त्रिकोण पब्लिक स्कुलका प्रीन्सिपल जित बहादुर बस्नेतले कार्यक्रमको औचित्यबारे प्रस्ट प्रानुहुँदै यस बिद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्दै शिक्षालाई परिस्कृत गर्दै लैजाने बताउनु भयो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार