तोलामा ४८ सय रुपैयाँ घट्यो सुनको मूल्य

Nagarik Sewa 4537+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४८ सय रुपैयाँ घटेको छ। शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो। 

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै