१४ दिने युद्धविराममा लेबनान समावेश छैन

Nagarik Sewa 4338+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

काठमाडौं । अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतामा इसराइलले धारणा सार्वजनिक गरेको छ। युद्धविराम घोषणा भएको घन्टौं पछि इसराइलले धारणा सार्वजनिक गरेको हो।इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले दुई साता आक्रमण नगर्ने अमेरिकाको निर्णयलाई समर्थन गरेको छ। तर युद्धविराममा लेबनन नसमेटिने उसले स्पष्ट पारेको छ।'इसराइलले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथिको आक्रमण दुई हप्ताका लागि रोक्ने निर्णयलाई समर्थन गर्दछ। युद्धविरामको सर्त इरानले तुरुन्तै जलमार्ग खोल्नु र अमेरिका, इसराइल तथा क्षेत्रका देशहरूविरुद्धका सबै आक्रमण बन्द गर्नु हो,' नेतन्याहूको कार्यालयले भनेको छ, ' यो दुई हप्ते युद्धविराममा लेबनान समावेश छैन।'

युद्धविराम लागू हुनका लागि तत्काल हर्मुज खुला गर्नुपर्ने र अमेरिका, इसराइल तथा क्षेत्रीय देशहरूविरुद्धका सबै आक्रमण बन्द गर्नुपर्नेछ। तर, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भने उक्त सहमतिमा लेबनन पनि समावेश रहेको बताएका थिए। यस विषयमा अमेरिकाले आधिकारिक स्पष्टिकरण दिएको छैन।युद्धविराम घोषणा भएपछि पनि इसराइलले लेबननमा हमला गरेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ।फेब्रुअरी २८ मा इसराइल र अमेरिकाले इरानमा हमला गरी त्यहाँका सर्वोंच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि लेबननबाट हिजबुल्लाहले इसराइलमा हमला गरेको थियो।

त्यसयता इसराइलले लेबननमा व्यापक क्षति हुने गरी हमला गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार